साँकृतिक परम्पराको संरक्षण गर्दै समता स्कुल
  • काँचुली खबर

१ कात्तिक, कोहलपुर । समता स्कुल कोहलपुरले विद्यालयमा अध्ययनरत बालबालिका, शक्षिक-शिक्षिका तथा अभिभावकबिच पृथक ढंगले दशैंको शुभकामना आदान प्रदान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई टिका र जमरा लगाएर शुभकामना आदान प्रदान गरीएको हो ।

हिन्दु धर्मावलम्वीहरुको महान पर्व वडादशैंको अवसरमा विद्यालयमा टिका र जमरा लगाएर वालवालिकाहरुलाई विदाई गरीएको हो । स्कुलले बुधबार देखि मंसिर ४ गतेसम्म समताका विद्यार्थीलाई दशैं विदा दिइएको छ ।

समताको दशै तिहार बिशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महाँसघ बाँकेमा उपाध्यक्ष संगिन शर्माले विद्यालयले आफ्नो स्थापनाकाल देखी नै न्यूनतम शुल्कमा सबै कक्षाहरुमा अध्ययापन गराउदै आइरहेकोमा आफु हर्षित भएको बताए । हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशै, तिहार तथा छठको शुभकामना दिदै शर्माले समता स्कुलले हरेक संकृति र चाडहरुको महत्व र अस्तित्व जगेर्ना गर्न र नयाँ पढिलाई बुझाउन जरुरी रहेको भन्दै संस्कृती, सभ्यता, रितिरिवाजलाई जोगाईराख्न यस्ता खालका कार्यक्रम निकै नै महत्वपुर्ण हुने बताए ।

त्यसै गरी कार्यक्रममा समता स्कुल कोहलपुरका संचालक रबि रोकायले विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति स्कुलले विभिन्न अतिरिक्त क्रियापकला गर्दै आइरहेको बताउदै दशै तिहार तथा छठ पर्वको विदा पछि तत्काल विद्यार्थी विच अन्तरसंवाद तथा साथीसँग मनका कुरा जस्ता कार्यक्रम संचालनमा ल्याईने बताए ।

त्यसै गरी कार्यक्रममा बोल्दै विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीले गुणस्तरीय शिक्षा सबैका लागि खुल्ला भएको बताउदै न्यूनतम शुल्कमा सबै कक्षामा अध्यापन गराउदै आइरहेको र आफु लगाएत सबै अभिभावक यस विद्यालयको एउटा अंगका रुपमा रहन पाउँदा हर्षित बनाएको बताए । उनले स्कुल स्थापना कालदेखी गुणस्तरीय शिक्षा सँगै संस्कार र मौलिक संस्कृतिको रक्षा गर्दै आएको दावी गरेका थिए ।

कार्यक्रम समापनमा बोल्दै समता स्कुल प्रिन्सिपल लक्ष्मी पौडेलले स्कुललाई अभिभावकले गरेको विश्वास प्रति आभार व्यक्त गरेकी थिईन । पौडेलले आगामी वर्षहरुमा समेत हुने अभिभावकहरुबाट यस्तै खालको विश्वास प्राप्त भईरहेको खण्डमा गुणस्तरीय शिक्षाको नमुनाका रुपमा समता स्कुलले बेग्लै पहिचान स्थापित गर्ने बताईन ।

दशै तिहार बिशेष कार्यक्रममा बिद्यालय बिकास समितिका पदाधिकारीहरु, अभिभाबक, शिक्षक, पत्रकार लगाएतको सहभागिता रहको थियो ।

  • १ कार्तिक २०८०, बुधबार १२:२७ प्रकाशित
  • Nabintech