नमुना विद्या सदनद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत
  • काँचुली खबर

२७ असाेज, काेहलपुर । बिद्यार्थीहरुका लागि आकर्षक शैक्षिक गन्तब्य बन्न सफल कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा अध्यनका लागि आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको छ ।

विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्यन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई सांस्कृतिक, साहित्यिक खुराकहरु पस्किदै स्वागत सत्कार गरिएको बिद्यालयका शिक्षक सुदन गुरुङले जानकारी दिएका छन ।

छोटो समयमै शैक्षिक अभियानमा आफुलाई अब्बल सावित गर्दै गएको नमुना विद्या सदनमा यस आर्थिक वर्षमा ब्यबस्थापन र शिक्षा संकायमा कक्षा ११ मा एक सय सोह्र जना भर्ना भएका छन भने कक्षा १२ मा १ सय पच्चिस जना अध्यनरत रहेको शिक्षक गुरुङले बताए ।

आज शनिवार कोहलपुर ९ हवलदारपुरमा रहेको चुलो चौको क्याटरिङमा आयोजित बिशेष स्वागत तथा सांस्कृतिक कार्यक्रममा बिद्यालयमा अध्यनरत वालवालिकाहरुले बिबिध सांस्कृतिक कार्यक्रम तथा साहित्यिक रचना बाचन गर्दै एक आपसमा घुलमिल हुने वातावरण समेत निर्माण गरेका थिए । आजै विद्यालयमा अध्यनरत वालवालिकाहरुका लागि विद्यालयले लन्चको समेत ब्यबस्था गरेको जनाएकाे छ ।

स्वागत तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथी तथा कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगिले कोहलपुरलाई शैक्षिक हव बनाउने सन्दर्भमा नमुना विद्यासदन कोशे ढुङ्गाको रुपमा उदाएको चर्चा गर्दै शैक्षिक दृष्टिले कोहलपुरले ब्यापक फडको मार्नमा यस क्षेत्रका शैक्षिक ब्यक्तित्वहरुको चासो र चिन्ता प्रती कृतज्ञता ब्यक्त गरेका थिए । उनले पढेर नेपालमै बस्ने वातावरण गराउन तर्फ तिनै तहका सरकारहरु लाग्नुपर्ने भन्दै स्थानिय सरकारले समेत शिक्षालाई मुख्य रुपमा आफनो कार्ययोजनामा बिशिष्टिकरण गरेको दावि गरे ।

बिशिष्ठ अतिथी एबं राष्ट्रिय परिक्षा बोर्डका अधिकृत गोपाल केसिले बिद्यार्थीहरुलाई शिक्षाका नाममा कितावि किरो मात्र बनाउन नहुने भन्दै अबको शैक्षिक गन्तब्य भनेको पढ्दै र कमाउदै भएको टिप्पणी गर्दै ब्यबहारीक शिक्षालाई विद्यालयहरुले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका सञ्चालक एवं कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व अध्यक्ष निरज चलाउनेले शिक्षाका लागि कोहलपुरले निकै लगानि गरेको उल्लेख गर्दै प्लस टु सकेर विदेश पलाएन हुने जनशक्तिलाई स्वदेशमै उर्वर काममा लगाउन सक्ने गरि राज्यले ठोस निति अबलम्बन गर्नुपर्ने बताए ।

उनले विदेश पढ्न जाने नाममा दक्ष जनशक्ति पलाएन भएको प्रति चिन्ता ब्यक्त गर्दै अवको १० बर्षमा राज्यका कुनैपनि निकायमा दक्ष कर्मचारी र बिषयगत शिक्षकहरु नपाउने कुरालाई राज्यले नजर अन्दाज गर्न नहुनेमा जोड दिए ।

विद्यालयका कार्यकारी निर्देशक शिव डाँगिले आफ्नो उर्जाशिल समय शैक्षिक क्षेत्रमै विताएको स्मरण गर्दै आफ्नो चिन्ता र चासो विद्यार्थीहरुलाई ब्यबहारिक र गुणस्तरीय शिक्षामा नै रहेको जिकिर गर्दै शिक्षा क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुनु सकारात्मक बिषय रहेको औंल्याए ।

कक्षा १२ का छात्र सुरज पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षकहरु बेगम थापा, सुदन गुरुङ लगाएतको उपस्थिती रहेको थियो । विद्यालयका प्रिन्सिपल नविन रावतको स्वागत मन्तब्यबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन कक्षा १२ का सोभना देवकोटा र ईग्रा सल्मानिले गरेका थिए ।

  • २७ आश्विन २०८०, शनिबार १७:४६ प्रकाशित
  • Nabintech