१३ बैशाख २०८१, बिहीबार
मानव बेचविखनको उच्च जोखिममा मध्य र सुदुर पश्चिम
  • काँचुली खबर

बाँके/  मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो ।  दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या निम्तीयाएको बताउनु भएको छ ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सद्धारा गठित मानव अधिकार रक्षक संजाल बाँकेको नियमित बैठकलाई सम्बोधन गर्दै भारतीय शहरमा नेपाली चेलीलाई बेचेर वेश्यावृत्तिमा लगाउने कार्य उस्तै भए पनि बेचबिखनको शैली भने फेरिएको बताउनु भयो । उहाले बेचिएका चेलीहरुको उद्दार तथा स्वदेश फिर्ती थप जटिल बनेको जिकिर गर्नु भयो ।  निर्देशक दनुवारले उद्दार तथा पुनस्स्थापना अनि क्षतिपूर्तिको विषय पनि चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । नेपाल मानव बेचबिखनको स्रोत मुलुकका रुपमा विश्वमा चिनिए पनि सरकारले कुनै कडा कदम नचालिएको बताउनु भयो ।
थर्ड एलायन्स मानव अधिकारको क्षेत्रमा काम गरी रहेकोले भविष्यमा मानव बेचखनको सवालमा पनि काम गर्न जरुरी रहेको बताउदै शक्ति समूह थर्ड एलायन्स संग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।  थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले थर्ड एलायन्सले गरी रहेको कामका बारेमा जानकारी गराउदै शक्ति कि कार्यकारी निर्देशक दनुवारलाई दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो ।
मानव अधिकार रक्षक सजाल बाँकेका संयोजक असलम भाटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।

  • ३ श्रावण २०७५, बिहीबार १३:१९ प्रकाशित
  • Nabintech