संविधान दिवसकाे अवसरमा दिप प्रज्वलन
  • काँचुली खबर

३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए ।

यसैबिच काेहलपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । अखिल (क्रान्तिकारी) कोहलपुर नगर समिति तथा बागेश्वरी बहुमुखी क्याम्पस समितिको आयोजनामा काेहलपुर चाैराहमा दिप प्रज्वलन गरीएकाे हाे ।

दिप प्रज्वलन कार्यक्रममा अखिल (क्रान्तिकारी) मा आवद्ध विद्यार्थी नेता तथा नेकपा माओवादि केन्द्रका केन्द्र, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेकाे थियाे ।

यसैबिच संविधान दिवसकै अवसरमा काेहलपुर न्युराेडमा संविधान बाचन कार्यक्रम समेत गरीएकाे थियाे । काेहलपुर नगरस्तरीय युवा संजालकाे आयाेजनामा संविधान बाचन तथा दिपप्रज्वलन गरीएकाे हाे ।

 

  • ३ आश्विन २०८०, बुधबार २२:२५ प्रकाशित
  • Nabintech