त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद
  • काँचुली खबर

२६ भदौ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ ।

  • २६ भाद्र २०८०, मंगलवार १४:२६ प्रकाशित
  • Nabintech