६ जेष्ठ २०८१, आईतवार
बिहिबार रातीदेखी हराएकी जैसीले भनिन्, ‘म आफै भागेकी हुँ’
  • काँचुली खबर

२४ भदौ, कालिकोट । गत बिहिबारदेखी ४ वर्षिय नाबालक सहित बेपत्ता भएकी कालिकोटकी गिता जैसी प्रहरीको सम्पर्कमा पुगेकी छन । कालिकोट सदरमुकाम मान्माको न्वगैरास्थित आफ्नै कोठाबाट बेपत्ता भएकी जैसी शनिबार आफन्तको सम्पर्कमा आएकी हुन ।

कोठाबाटै जैसी एक्कासी बेपत्ता भएपछि प्रहरी र आफन्तले उनको खोजी तिब्र पारेका थिए । यद्यपी ३ दिनपछि परिवारको सम्पर्कमा आएकी जैसीले आफै भागेको बताएकी छन । शनिबार दिउँसो ३ बजे नेपालगञ्जको कारकादो चोकमा रहेको मिरा होटलदेखी आफन्तलाई फोन सम्पर्क गर्दै जैसीले आफु भागेर नेपालगन्ज पुगेको बताएकी हुन ।

आफन्तको सम्पर्कमा आएकी जैसीलाई प्रहरीले नेपालगञ्जदेखी शनिबार राती नै कालिकोट पुर्याएको छ । प्रहरीले गितालाई सोध्दा उनले ‘आफै भागेकी हुँ, मलाई कसैले भाग पनी भनेका हैनन्’ भन्ने जवाफ दिएको परीवार स्रोतले जनाएको छ ।

उनले शनिबार नेपालगञ्जको कारकाँदो चोकमा रहेको मिरा होटलका संचालकको फोनबाट आफ्नो दाई नमराज सुवेदीको फोनमा रुदै आफुलाई बचाउन आग्रह गरेकी थिईन । फोनमा उनले बिहिबार बिहान ४ बजे चर्पीबाट कोठा जादै गर्दा ३र४ जनाले कोठाको ढोकैमा समातेर घाँटी बुझेको र मुखमा केही लगाएर बेहोस बनाएको बताएकी थिईन । होस खुल्दा नाबालक छोरासँगै जंगलमा रहेको र जंगलबाट हिँडेर होटलसम्म पुगेर फोन गरेको बताएकी थिईन ।

तर प्रहरीको सम्पर्कमा पुगेपछि जैसीले आफु आफै भागेको बयान दिएकी छन । जैसी बेपत्ता भएपछि श्रीमान दानबहादुर शाही र उनकी जेठी श्रीमती रञ्जना शाहीले बेपत्ता पारेको भन्दै गिताका आफन्तले मान्मा बजारमा आन्दोलन गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पहिले अरुले बै बेपत्ता बनाएको बयान दिएकी जैसीले पछि आफै भागेको बयान दिएपछि घटना थप संकास्पद देखिएको प्रहरीको बुझाई छ ।

  • २४ भाद्र २०८०, आईतवार १६:४३ प्रकाशित
  • Nabintech