नेपालले छैटौं विकेट गुमायो, गुल्सन झा आउट
  • काँचुली खबर

१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१।५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१।५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।

  • १८ भाद्र २०८०, सोमबार १७:४३ प्रकाशित
  • Nabintech