१९ बैशाख २०८१, बुधबार
वाणिज्य संघको निर्वाचन : एशोसियटतर्फ कार्की र गुप्ता तथा वस्तुगतमा गुरुङ बिजयी
  • काँचुली खबर

३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा एशोसियट सदस्यतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्धि समुहबाट उम्मेदवार बनेका थिए ।

शनिबार भएको निर्वाचमा कार्कीले १११ र गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन । उनीहरुको प्रतिद्वन्दी क्रमश पुरुषेत्तम अग्रवालले ५८ मत प्राप्त गरेका छन् भने संजय अग्रवालले ४२ मत पाएका छन् ।

त्यसैगरी वस्तुगत सदस्यमा किशन गुरुङ निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङले कुल २९ मतमध्ये १६ मत प्राप्त गरेका छन । २ जना सदस्यका लागि भएको मतदानमा अर्को सदस्यमा भने बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका छन । उनीहरुका प्रतिस्पर्धी फणाधर भण्डारीले १२ मतमा चित्त बुझाएका छन् ।

निर्वाचन अन्तर्गत आईतबार बिहानबाट मतगणना भईरहेको छ । सदस्यहरुको मतगणना भईरहेको र अब पदाधिकारीको समेत मतगणना गर्ने तयारी गरीएको निर्वाचन समितिले जनाएको छ ।

संघको निर्वाचनमा १८२ मतदाता रहेकोमा १५६ मत खसेको थियो । ३ वटा मत बदर भएको बताइएको छ ।

  • ३ भाद्र २०८०, आईतवार १४:३१ प्रकाशित
  • Nabintech