२२ बैशाख २०८१, शनिबार
“कमरेड” लाल सलाम !
  • लाेकेन्द्र विष्ट मगर

गाल्नु पर्ने होइन सुन, हो फलाम !

न जोत्ने हलो फालो हुने

न कोदालो फरुवा हुने

न गैती बेल्चा नै हुने

न घन, कुटो र हसियाँ हुने

जाबो सुन गालेर के काम ?

बरु गालम् फलाम !

कि कसो ?!

“कमरेड” लाल सलाम !

– लाेकेन्द्र विष्ट मगर

  • ३१ श्रावण २०८०, बुधबार ०९:३३ प्रकाशित
  • Nabintech