२३ बैशाख २०८१, आईतवार
वडामा गएर खट्न नेताहरुलाई प्रचण्डको निर्देशन
  • काँचुली खबर

२१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आइतबारको केन्द्रीय समिति बैठक जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् ।

केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काएका हुन् । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिए ।

सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । आफू र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएको ती सदस्यले जानकारी दिए ।

  • २१ श्रावण २०८०, आईतवार १७:१३ प्रकाशित
  • Nabintech