२२ बैशाख २०८१, शनिबार
खानेपानीको निर्वाचनमा फर्जि मत खसेपछि……
  • काँचुली खबर

१२ साउन, कोहलपुर । शुक्रबार बिहानैदेखी भईरहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा फर्जी मत खसेको पाईएको छ । मध्यान्नसम्म शान्तिपुर्ण तरिकाले भईरहेको निर्वाचनमा फर्जी मत खसेको भेटिएपछि केही समय तनावको वातावरण सृजना भएको थियो ।

आफ्नो मताधिकार प्रयोग गर्न लाईनमा बसेका मतदाताको नाममा पहिले नै अरुले मतदान गरेको पाईएपछि विवाद भएको हो । आफ्नो नाममा अरुले नै मतदान गरेको थाहा पाएपछि एक मतदाताले मतदानस्थलमा चर्को बिरोध जनाएका थिए । त्यसअघि अर्की एक मतदाताले समेत आफ्नो नाममा अरुले नै मतदान गरीसकेको भन्दै आक्रोश ब्यक्त गरेकी थिईन ।

बिवाद बढ्दै गएपछि पिडितहरुलाई तिन बजेपछि सक्कली नागरिकता र खानेपानी कार्ड सहित मतदान गर्न दिने समहती भएको बताइएको छ।

फरक ब्यक्तिको नाममा अर्कै ब्यक्तिले मतदान गरेको तथ्य फेला परेकाले निर्वाचन धारलीरहित हुनेमा आशंका पैदा भएको समावेशी स्वतनत्र प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका संजय मण्डलले प्रतिक्रिया दिए । उनले बाहिर आएको भन्दा धेरै मात्रामा फर्जी मत खसेको हुनसक्ने भन्दै निर्वाचनको निष्पक्षतामाथी नै प्रश्न उठाएका छन ।

यसअघि निर्वाचनकै क्रममा नेपाली काङग्रेसका नगर सभापति विरेन्द्र प्रसाद शाह र युवा संघका केन्द्रिय सचिव खेम शर्माबिच भनाभनको स्थिती समेत पैदा भएको थियो । शाहले गठबन्धन उम्मेदवारका प्रतिनिधि यमडि कंडेललाई निर्देशनात्मक शैलीमा बाहिर जान भनेपछि माहोल थप बिग्रिएको थियो । लगत्तै निर्वाचन अधिकृत टिकाराम ढकालले सम्बन्धित पार्टिका २/२ जना प्रतिनिधिलाई मात्र भित्र प्रबेशमा स्विकृत दिने र निर्वाचन बुथमा एक पार्टि एक प्रतिनिधि बस्ने सहमति भएपछि समस्या तत्कालका लागि सहमतीमा परिणत भएको थियो ।

खानेपानीमा जम्मा मतदाता ५१७२ जना छन भने निर्वाचन कार्यक्रम साँझ ५ बजे सम्म चल्नेछ ।

  • १२ श्रावण २०८०, शुक्रबार १५:०८ प्रकाशित
  • Nabintech