२२ बैशाख २०८१, शनिबार
कोहलपुर खानेपानीको निर्वाचन : दुई बजेसम्म २०५८ मत खस्यो
  • काँचुली खबर

१२ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन जारी छ । शुक्रबार बिहान ८ बजेदेखि भेरी शीत भण्डारको हलमा भईरहेको मतदान अन्तर्गत दिउँसो दुई बजेसम्म २ हजार ५८ मत खसेको छ ।

कुल ५१७२ मतदाता रहेको संस्थाको निर्वाचन कार्यक्रम बेलुका ५ बजे सम्म संचालन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खानेपानीको नयाँ नेतृत्वकालागी नेपाली काङग्रेसको लोकतान्त्रिक प्यानल, नेकपा एमाले, माओबादी, एकिकृत समाजवादी र राप्रपाको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरु निवार्चनमा होमिएका छन् ।

  • १२ श्रावण २०८०, शुक्रबार १४:१९ प्रकाशित
  • Nabintech