२२ बैशाख २०८१, शनिबार
सत्र बुँदे घोषणपत्र सहित घरदैलोमा ब्यस्त स्वतन्त्र प्यानलका उम्मेदवार
  • काँचुली खबर

१० साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर खानेपानी संस्थाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु मतदाताको घरआँगनमा पुगीरहेका छन । आफ्नो प्रतिवद्धता पत्र र चुनाव चिन्ह सहित यतिबेला उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । यहि साउन १२ गते हुने निर्वाचनमा त्रिपक्षिय भिडन्त हुँदै छ ।

काँग्रेस सम्बद्ध लोकतान्त्रीक प्यानल, ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएका छन । जसमध्ये लोकतान्त्रीक प्यानल र साझा समावेशी प्यानलले पत्रकार सम्मेलन गरेरै आधिकारीक रुपमा आफ्ना उम्मेदवार र घोषणापत्र सार्वजनिक गरेपनि स्वतन्त्र प्यानलले भने छापामार शैलीमा चुनावी गतिविधिलाई अगाडी बढाईरहेको छ ।

समाजिक संजालमार्फत १७ बुँदे घोषणापत्र सार्वजनिक गरेको स्वतन्त्र प्यानलले विष्णु प्रसाद तिवारीको नेतृत्वमा आफुना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ । नेपाली काँग्रेसबाट बिद्रोह गरेर अध्यक्ष पदमा उम्मेदवारी दिएका तिवारीसँगै स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद शर्मा (चापागाई), सचिवमा संजय मण्डल, कोषाध्यक्षमा शिवराज पोख्रेल, सह कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठ तथा सदस्यमा जित बहादुर चौधरी, कमल प्रसाद खनाल र महिला सदस्यमा खिमसरा विरकट्टाले उम्मेदवारी दिएका छन ।

स्वतन्त्र समावेशी प्यानलले घोषणपत्र मार्फत आम उपभोक्तालाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यसका अलावा धारा जडानका लागी अग्रीम भुक्तानी गरीसकेका तथा धारा जडान नभएका स्थानहरुमा तत्काल पाईपलाईन बिस्तार गरी धारा जडान गर्ने, कोहलपुर नगरपालिकाको प्यानिङ क्षेत्रमा नयाँ नाली र ढल बिस्तार गर्दा अस्तब्यस्त भएका खानेपानीको पाईप तथा धाराहरु सुधारकालागी पहल गर्ने, खानेपानीको सेवा विस्तार गरी १५ वटै वडाहरुमा सेवा विस्तार गर्ने, खानेपानीको सेवा क्षेत्रभित्र बसोबास गर्ने गरीब, दलित तथा लोपउन्मुख जाती तथा निम्न आर्थिक अवस्था भएका नागरीकहरुको पहिचान गरी धारा जडानमा विशेष छुटको ब्यवस्था मिलाउने, उपभोक्ताहरुको गुनासो सुनी तत्काल समस्या समाधानकालागी विशेष टिम गठन गर्ने लगाएतका योजनाहरु समावेश गरीएको छ ।

त्यसैगरी लेखा प्रणालीलाई प्रभावकारी र जवाफदेही बनाउने, संस्थाको कार्यसम्पादनकामा सहजता र सरलता ल्याउनकालागी प्रविधिमैत्री बनाउने, कर्मचारीहरुलाई पुरस्कार र दण्डको ब्यवस्था मिलाउने, हाल संचालनमा रहेको ल्यावको स्तर बृद्धि गर्ने, भेरी-बबई बहुउद्धेश्यीय आयोजनाको माध्यमबाट खानेपानीको आपुर्तिकालागी पहल गर्ने, ३ वटा ओभर हेड ट्याङ्की र १० वटा डिप बोरीङ निर्माण गर्ने, संस्थाको दिर्घकालीन आयश्रोतकालागी संस्थाको नाममा रहेको बुद्ध बिहारस्थित जग्गामा ब्यवसायीक प्रयोजनकालागी सटर निर्माण गर्ने, सार्वजनिक स्थलमा खानेपानीको नि:शुल्क धारा जडान गर्ने र स्थानिय क्षेत्रमा रहेका पानीका स्रोत पहिचान गरी सदुपयोग गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरीएको छ ।

  • १० श्रावण २०८०, बुधबार १८:०० प्रकाशित
  • Nabintech