६ बैशाख २०८१, बिहीबार
बाँकेमा सवारी दुर्घटनामा ३८ को मृत्यु
  • काँचुली खबर

जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् ।  बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृति र सडकको बिग्रिदो अवस्थाको कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । यसअघि आव २०७३|०७४ मा २७ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । कार्यालयले आव २०७४, ७५ मा सवारी नियम उल्ङघन गर्नेहरु १९ हजार ५ सयलाई कारवाही गरेको र त्यसबाट १ करोड ८३ लाख ५ हजार पाँच सय राजश्व संकलन भएको उल्लेख गरेको छ । यसअघि आव २०७३|७४ मा गरिएका ११ हजार ७ सय ३१ कारवाहीबाट ६३ लाख ५३ हजार ५ सय राजश्व सङ्कलन भएको थियो ।

  • १ श्रावण २०७५, मंगलवार १४:११ प्रकाशित
  • Nabintech