२३ बैशाख २०८१, आईतवार
भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नेको सँख्या १८ पुग्यो (नामावलीसहित)
  • काँचुली खबर

२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दाको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए ।

यससँगै बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको छ । यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :

१. मीन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका सञ्चालक (असार १२)

२. सुधीर कुमार शाह, पूर्व निर्वाचन आयुक्त

३. धर्म प्रसाद गौतम, शाखा अधिकृत

४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६. घमान कुमारी कार्की, नापी सर्वेक्षक

७. बाबुराजा महर्जन, नक्कली मोही

८. रमेश कुमार पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन, मोही

१०. लोकहरी घिमिरे, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११. ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक

१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत (असार २६)

१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत

१५. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग (असार २६)

१६. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी (असार २७)

१८. केशव तुलाधर (असार २७)

स्टे अर्डरमा छुटेका :

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।

  • २८ असार २०८०, बिहीबार १४:२९ प्रकाशित
  • Nabintech