१६ बैशाख २०८१, आईतवार
कोहलपुरमा नि:शुल्क बेर्ना बितरण गर्दै बन कार्यालय
  • काँचुली खबर

२६ असार, कोहलपुर । कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू नि:शुल्क बितरण सुरु गरेको छ ।

सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमबार देखि कार्यालयमा बेर्ना बितरण सुरु गरेको जानकारी दिए ।

उनका अनुसार बन कार्यालयको नर्सरीमा सिसौ, निम, गोल्डमोर, श्रीखण्ड, कपुर, अम्बा, लप्सी, स्वामी, बकाइनु, कदम, सिरिस, मसला, अमला, बर्रो, रिठा, जामुन लगाएत बिभिन्न १६ प्रजातिका बेर्नाहरू उत्पादन गरिएको छ ।

चौधरीले डिभिजन बन कार्यालय बाँकेको अनुदान सहयोगमा सिसौ, बकाइनु र सिरिस प्रजातिका २० हजार बेर्ना उत्पादन गरिएको बताए । त्यसैगरी समृद्धिका लागी बन परियोजना अन्तर्गत मसला सिरिस र सिसौ प्रजातिका ३५ हजार र डिभिजन बन बाँकेको सहयोगमा अन्य बिभिन्न प्रजातिका २५ हजार बेर्ना उत्पादन गरिएको चौधरीले जानकारी दिए ।

कोहलपुरबासीलाई नागरिकताको फोटोकपी र जग्गाधनी प्रमाण पुर्जाको फोटोकपीको आधार निशुल्क बेर्ना बितरण सुरु गरिएको सव बन डिभिजनका ओम प्रकाश डाँगीले जानकारी दिए । उनले हरेक वर्ष कार्यालयलले बेर्ना बितरण गर्ने गरेको जानकारी दिदैं वितरण गरीएका बिरुवाहरु सही तरिकाले संरक्षण गरी हुर्काउन समेत आग्रह गरेका छन ।

  • २६ असार २०८०, मंगलवार १५:१७ प्रकाशित
  • Nabintech