८ बैशाख २०८१, शनिबार
बन्दुक र गोलिसहित २ पक्राउ
  • काँचुली खबर

१ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

ब्यूरोका सई बिष्णु गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलिले बिशेष सुराकीको आधारमा बढैयाताल गाउँपालिका वडा नम्बर २ बाट १ थान बारबोर बन्दुक र सोमा लाग्ने गोलीसहित सोही ठाउँका खुमबहादुर थापा र खड्क बहादुर सुनारलाई पक्राउ गरेको थियो ।

आवश्यक कारबाहीका लागि ब्यूरोले उनीहरुलाई अवैध बन्दुकसहित जिल्ला प्रहरी कार्यालय बर्दियाको जिम्मा लगाएको छ ।

केही महिनायता ५ नम्बर प्रदेश प्रहरी ब्यूरोले अवैध लागुऔषध र हातहतियार विरुद्व अप्रेशन चलाएको छ । ५ नम्बर प्रदेशका प्रमुख डिआइजि शेर बहादुर बस्नेतको निर्देशन अनुसार ब्यूरोले अवैध लागुऔषध र हातहतियार विरुद्व अप्रेशन चलाइरहेको छ ।

अप्रेशनको क्रममा यसअघि प्रदेशका विभिन्न जिल्लाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित मानिसहरुलाई पक्राउ समेत गरिसकेको छ ।

  • ३२ असार २०७५, सोमबार १७:२४ प्रकाशित
  • Nabintech