१२ बैशाख २०८१, बुधबार
ढकेरी दुर्घटनामा उपप्रधानमन्त्री पूर्ण खड्काको बुहारी सञ्जुको मृत्यु
  • काँचुली खबर

१६ जेठ, कोहलपुर । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै भएको सडक दुर्घटनामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाईबुहारी डा. सञ्जु खड्काको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कार एक आपसमा ठोक्कीदा खड्काको मुत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा कार चालक गोरखाका ३७ वर्षिय सुवास अधिकारीको पनि मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भीर घाईते भएका दुबैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा. खड्का र उनका श्रीमान सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत थिए । मृतक खड्काका श्रीमान डा. डम्बर खड्का सुर्खेत प्रादेशिक अस्पतालका प्रमुख हुन् ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका थिए । उनिहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भईरहेको छ ।

ढकेरीमा कार र बस ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु

  • १६ जेष्ठ २०८०, मंगलवार २१:४३ प्रकाशित
  • Nabintech