२२ बैशाख २०८१, शनिबार
ढकेरीमा कार र बस ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु
  • काँचुली खबर

१६ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल उपमहानगर पालिका वडा नं. ५ निवासी ५४ बर्षिय डा। सन्जु खाती र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारीको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दाङबाट बाँकेतर्फ आउँदै गरेको उक्त कार र भे १ ख ३३३५ नम्बरको बस राप्तीसोनारी ८ स्थित आर्मी ब्यारेक नजिकै एकआपसमा जुधेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गर्नेहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार १९:३१ प्रकाशित
  • Nabintech