१५ चैत्र २०८०, बिहीबार
गाँजा खेती बारे अध्ययन गरीने, जग्गाको कित्ताकाट फुकुवा
  • काँचुली खबर

१५ जेठ, काठमाडौं । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।

यसैबिच सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. महतले बताए ।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

  • १५ जेष्ठ २०८०, सोमबार १७:३४ प्रकाशित
  • Nabintech