२६ बैशाख २०८१, बुधबार
नयाँ आवमा रासायनिक मलमा दोब्बर बजेट
  • काँचुली खबर

१५ जेठ, काठमाडौं । सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।

रासायनिक मललाई चार वर्षको बजेट

आव ०७७/७८ – ११ अर्ब
आव ०७८/७९ – १२ अर्ब
आव ०७९/८० – १५ अर्ब
आव ०८०/८१ – ३० अर्ब

  • १५ जेष्ठ २०८०, सोमबार १७:१९ प्रकाशित
  • Nabintech