६ बैशाख २०८१, बिहीबार
पिकनिक खान गएका दुई युवतीकाे राप्तिमा डुबेर मृत्यु
  • काँचुली खबर

१० जेठ, नेपालगन्ज । पिकनिक खान गएका बाँकेका दुई युवतीका राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा बस्नेत र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।

डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीकाे सिधानियघाटमा पिकनिक खान गएका उनीहरू मंगलबार साँझ पौडी खेल्न नदीमा पसेका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार छ जनाको समूहमा पिकनिक खान गएकामध्ये दुई जना नदिमा डुबेका हुन ।

मृतक बस्नेत काेहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसकी छात्रा भएकाे खुलेेकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १० जेष्ठ २०८०, बुधबार १०:१४ प्रकाशित
  • Nabintech