१४ बैशाख २०८१, शुक्रबार
बलात्कारको आरोपमा देउखुरी क्याम्पसका पूर्वप्रमुख पक्राउ
  • काँचुली खबर

८ जेठ, दाङ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार १४:१६ प्रकाशित
  • Nabintech