१५ चैत्र २०८०, बिहीबार
नयाँ सदस्यताकालागि पत्रकार महासंघ बाँकेद्धारा आवेदन खुल्ला
  • काँचुली खबर

५ जेष्ठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता आवेदन खुल्ला गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महासंघ बाँकेले नयाँ सदस्यता लिन ईच्छुक पत्रकारलाई ७ दिनभित्र आवेदन दिन आग्रह गरेको हो ।

महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता आवेदन खुल्ला गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यताका लागि १८ वर्ष उमेर पुगेका जिल्लामा क्रियाशिल पत्रकारहरुले आवेदन दिन सक्ने छन् । नयाँ सदस्यता आवेदन जेष्ठ १२ भित्र पेश गर्नुपर्ने महासंघ बाँकेले जनाएको छ । नयाँ सदस्यता आवेदन पेश गर्ने पत्रकारले महासंघको वेबसाईट www.fnjnepal.org.np बाट आवेदन फारम डाउनलोड गरी भर्नुपर्नेछ ।

सो आवेदन फारमसंगै नेपाली नागरिकताको प्रतिलिपि, कार्यरत संचारमाध्यमको नियुक्ती पत्रको प्रतिलिपि, कार्यरत संस्थाको सिफारीस पत्र, हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेको विवरण खुल्ने प्रमाण सहितको सामाग्री पेश गर्नुपर्ने बताईएको छ । महासंघ बाँकेका सचिव कमल डाँगीद्धारा सार्वजनिक गरीएको सुचना अनुसार पत्रकार महासंघको सदस्यता लिन चाहनेले एक हजारको आवेदन शुल्क तिरेर महासंघमा आवेशन पेश गर्न सक्नेछन ।

  • ५ जेष्ठ २०८०, शुक्रबार २१:०४ प्रकाशित
  • Nabintech