१३ बैशाख २०८१, बिहीबार
शान्तीकली हाँक्ने बहादुर महिला !
  • काँचुली खबर

२१ बैशाख, कोहलपुर । रिता सुवेदी सानै देखी हात्तीकै सेरोफेरोमा हुर्किइन् । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ की रिता विद्यालय आउँदा-जाँदा हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । हात्तीकै सेरोफेरोमा आफ्नो बचपना बिताएकी तिनै रिता आजभोली हात्ती हाँक्ने ठाँउमा पुगेकी छन ।

०७४ सालमा बाँके राष्ट्रिय निकुञ्जको हात्तीसारका लागी माहुतेको विज्ञापन निकाल्यो । जसमा महिला पनि मागिएको थियो । उनलाई श्रीमान र आफन्तले आवेदन दिन सल्लाह दिए । रहरै रहरमा माउतेको फारम भरेकी रिताको पहिलो प्रयासमै नाम निस्कीयो । अनि सुरु भयो हात्तीसँग दैनिकी बिताउने काम ।

०७४ सालमा नियुक्ती बुझेकी रिताले माउतेको रुपमा काम गर्न थालेको ५ वर्ष पुगेको छ । सुरुवाती वर्षहरुमा हात्ती सफारीकालागि लिएर जाने गरेको भएपनि पछिल्लो केही समययता उनको दैनिकी हात्तीको स्याहारमै बित्ने गरेको छ । उनले हेरचाह गर्दै आएको हात्तीको नाम शान्तीकली हो । शान्तीकलीको उमेर बढि भएकाले सफारीमा लैजान छाडेको रिताले बताईन । “सुरु सुरुमा सफारीकालागि शान्तीकलीलाई लैजाने गथ्र्यौ” रिताले भनिन, “अहिले बुढो भएकाले सफारीमा लैजान छाडेका छौं ।”

हात्ती स्याहार गर्ने काम जोखीमयुक्त रहेको रिता बताउँछिन । “रहरै रहरते माउते बनियो” उनी भन्छिन, “जोखिम छ तर काम त गर्नै प¥यो ।” उनलाई बर्दियाकी मिनु खड्काले काममा सघाउँदै आएकी छन ।

  • २१ बैशाख २०८०, बिहीबार १५:२४ प्रकाशित
  • Nabintech