१३ बैशाख २०८१, बिहीबार
जमुनाहामा पाँच जना कोरोना संक्रमित भेटिए
  • काँचुली खबर

१५ बैशाख, नेपालगन्ज । नेपालगञ्जको जमुनाहा नाकामा शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

नाकामा १ सय ५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट, कैलाली र सल्यानका एकएक जनामा कोरोना देखिएको हो । कोरोना देखिएकाहरु आ–आफ्नो घरतर्फ लागेका छन् । केही दिनयता नेपालगञ्जको भेरी अस्पतालमा विरामी आएका छन् । भेरीको ल्याबले पनि कोरोना पुष्टि गरेको छ ।

योसँगै देशभर कोभिडको सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १०३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको हो।

पछिल्लो २४ घन्टामा गरिएको १ हजार ९२५ जनाको नमूना परीक्षण गर्दा १०३ जना संक्रमित थपिदा यही समयमा ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

मन्त्रालयको विवरण अनुसार सक्रिय संक्रमितमध्ये हाल २६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेका छन्।

  • १५ बैशाख २०८०, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech