१४ बैशाख २०८१, शुक्रबार
समावेशी स्कुलका प्रअ पोखरेलको निधन
  • काँचुली खबर

१३ बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा रहेको समावेशी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पोखरेलको निधन भएको छ । लामो समयदेखी कलेजोको समस्याबाट ग्रसीत पोखरेलको मंगलबार राती उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखी शिक्षण पेशामा आवद्ध रहँदै आएका पोखरेल सामाजिक गतिविधिमा समेत सक्रिय थिए ।

अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको थियो । उपचारकै क्रममा ४६ वर्षिय पोखरेलको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

मृतक पोखरेल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

  • १३ बैशाख २०८०, बुधबार १३:१६ प्रकाशित
  • Nabintech