८ बैशाख २०८१, शनिबार
सुरक्षित बैदेशिक रोजगारका बिषयमा खजुरामा सार्वजनिक सुनुवाई
  • काँचुली खबर

४ बैशाख, खजुरा । बैदेशिक रोजगारको क्रममा शिप र अनुभव लिएर आएका ब्यक्तिहरुका लागि निति तथा कार्यक्रम तयार गरि लागु गर्ने खजुरा गाँउपालिकाले प्रतिबद्धता जनाएको छ ।

बास नेपालको आयोजनामा आईतबार बाँकेको खजुरामा सम्पन्न सुरक्षित बैदेशिक रोजगारको सवाल, स्थानीय सरकारको जवाफ बिषयक सार्वजनिक सुनुवाईका क्रममा गाँउपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले यस्तो प्रतिबद्धता गरेका हुन् ।

बैदेशिक रोजगारबाट फर्किएका, बैदेशिक रोजगारमा जान चाहने तथा अन्य स्थानीयहरुको सहभागिता रहेको सुनुवाईमा सहभागिहरुले सरोकारवालाको रुपमा आसिन गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई दर्जनौ प्रश्न गरेका थिए ।

झण्डै दुई घण्टासम्म चलेको प्रश्नोत्तर पश्चात ५ बुदें साझा सार्वजनिक प्रतिबद्धता गरिएको छ । यसरी गरिका प्रतिबद्धताहरुमा बैदेशिक रोजगारसँग सम्बन्धित ब्यक्तिहरुको ब्यवस्थित अभिलेखिकरण गर्ने, अनुभव र शिप सहित बैदेशिक रोजगारबाट फर्किएका र उद्यम गर्न चाहने ब्यक्तिहरुका लागि अनुदानको ब्यवस्था गर्ने तथा उत्पादन र लघुउद्यममुखी कार्यक्रमलाई प्राथमिकता दिने, वडा तहबाट माग भई आएमा सुरक्षित बैदेशिक रोजगारका सवाललाई आगामी योजना तथा कार्यक्रममा समाबेश गर्ने, सुरक्षित बैदेशिक रोजगार सम्बन्धि आबश्यक निति बनाउने र बेरोजगार युवाहरुलाई लक्षित गरी शिपमुलक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको सुनुवाईमा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेकी थिईन । सुनुवाईमा गाँउपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी तथा वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।

  • ४ बैशाख २०८०, सोमबार १८:३१ प्रकाशित
  • Nabintech