२१ जेष्ठ २०८०, आईतवार
सहिद रत्नकुमार वान्तवाको सम्झनामा नेपालगन्जमा शोकसभा
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । राष्ट्रिय युवा संघ इलामले सोमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाको सम्झनामा शोकसभा समेत आयोजना गरेका छन् । धम्वोझी चोकमा आयोजना गरिएको शोकसभामा बोल्ने बक्ताहरुले सहिद वान्तवाको योगदानको व्यक्तित्वको चर्चा गरेका थिए ।

बान्तवाले सुरु गरेको आन्दोलन समाप्त नभएकाले यसलाई अघि बढाउने उल्लेख गरे । उनिहरुले रत्न बान्तवाबाट निष्ठाको पाठ सिकेर अघि बढ्न आग्रह गरे। सभामा युवा संघ मानव अधिकार बिभाग प्रमुख सुनिता कार्की ओली, प्रदेस संयोजक अनिता कन्दङ्वा , सह-संयोजक ज्ञानु दहाल, ईलाम जिल्ला अध्यक्ष मोहन दोर्जे कागते लगायतको सहभागिता थियो ।

२००८ साल चैत्र २७ गते जन्मिएका रत्नकुमार बान्तवालाई २०३५ साल चैत्र २७ गतेकै दिन तत्कालिन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो भने बमप्रसाद बान्तवालाई २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो।

रत्नकुमार बान्तवाको हत्या गरिएको ३७ बर्षपछि २०७२ सालमा सरकारले सहिद घोषणा गरेको थियो।

  • २७ चैत्र २०७९, सोमबार २१:५१ प्रकाशित
  • Nabintech