२७ चैत, नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा सुरु हुने भएको छ ।
आज चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो दुई बजे गर्ने तयारी भएको संघका प्रवक्ता महाराज गुरुङले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार, महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज आएका छन । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उनले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिए ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागि हुन पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत आईतबार नै नेपालगन्ज आएका छन भने पार्टी अध्यक्ष ओली आज ११ बजे नेपालगन्ज पुग्ने कार्यक्रम तय भएको महाधिवेशन आवास समिति संयोजक रबिन्द्र लम्सालले जानकारी दिए ।
पार्टी अध्यक्षलाई नेपालगञ्ज विमानस्थलबाट भव्य स्वागतका साथ युवाहरुको जुलुससहित कार्यक्रम स्थल नेपालगञ्ज ल्याउने तयारी गरिएको उनको भनाई छ ।
२७ चैत्र २०७९, सोमबार ०८:५३ प्रकाशित