११ बैशाख २०८१, मंगलवार
तक्षशिला एकेडेमीको अभिभावक भेला सम्पन्न
  • काँचुली खबर

२६ चैत्र, कोहलपुर । कोहलपुरमा रहेको तक्षशिला एकेडमीको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र २०८० को शैक्षिक योजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा शैक्षिक सल्लाहकार खोपिराम वली, सञ्चालक मन्जु कोइरालाले विद्यालय गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा प्रयासरत रहेको बताए । अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकता अनुसारको शैक्षिक वातावरण निर्माणको अभियानमा आफूहरू रहेको उनिहरुको भनाई थियो

साहित्यकार एवं सम्पर्क तथा समन्वय सल्लाहकार पुष्कर रिजालले तक्षशिला पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक र सिंगो समाज सक्रिय देखिनु सकारात्मक रहेको बताए । उनले आजको दिनमा अभिभावकीय भूमिका बोर्डिंगमा भर्ना गरेर मात्रै पूरा नहुने भन्दै घरमा पनि समय दिनुपर्नेमा जोड दिए ।

निकै उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तर विकासमा आफुहरुको सदैव साथ सहयोग रहने जनाएका थिए । विद्यालयको भावी योजनामा अभिभावकहरुको रुचिपुर्ण सुझाव र ऐक्यबद्धताले आफूहरू निकै उत्साहित रहेको एकेडेमीका अध्यक्ष बेल्बासेले बताए ।

  • २६ चैत्र २०७९, आईतवार १४:१६ प्रकाशित
  • Nabintech