१३ बैशाख २०८१, बिहीबार
उपराष्ट्रपति यादवसँग चेम्बर पदाधिकारीद्धारा आर्थिक बिषयमा छलफल
  • काँचुली खबर

२० चैत्र, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग सोमबार भेटवार्ता गरेको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा चेम्बरले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँंगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको बर्तमान अवस्था जोखिममा रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पुँजिगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाई छ ।

उपराष्ट्रपति यादवले भने, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालिन समाधान खोज्न जरुरी छ, ।’ सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा समेत उनले जोड दिएका थिए ।

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफुले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिवद्धता जनाए । मुलुकमा बास्तविक तथ्याङकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गरे । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघी बास्तविक तथ्याङक खोज्नुपर्ने उनको भनाई छ ।

उपराष्ट्रपति यादवसंगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे । अध्यक्ष मल्लले भने ,‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ, ।’

पुँजिगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यलय जस्ता क्षेत्रमा टाईमबाउण्ड लागु हुनुपर्ने अध्यक्ष मल्लको भनाई थियो ।

  • २० चैत्र २०७९, सोमबार १७:३५ प्रकाशित
  • Nabintech