१६ चैत्र २०८०, शुक्रबार
फत्तेपुरकाे जंगलमा कुहिएकाे अवस्थामा मरेकाे चितुवा फेला पर्याे
  • काँचुली खबर

२० चैत्र, काेहलपुर । बाँकेकाे फत्तेपुरमा मृत अवस्थामा चितुवा फेला परेकाे छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको हाे । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र चितुवा मरेको अवस्थामा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए ।

‘सडेंगलेको अवस्थामा चितुवा फेला परेको छ,’ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनले लेखेका छन् । उक्त स्थानमा अनुसन्धान गर्ने केही बस्तु फेला परेको वडाअध्यक्ष खरेलले बताए । यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ ।

‘सम्बन्धित निकायको अनुसन्धानले के गर्छ हेर्न बाँकी छ,’ खरेलले भने । उक्त सामुदायिक वन डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्दछ । गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो ।

  • २० चैत्र २०७९, सोमबार ११:१३ प्रकाशित
  • Nabintech