१७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् ।
उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय तिलकपुरमा पढ्दै आएका थिए । जसमध्ये पृथीबहादुर यस वर्षको एसईईमा सहभागी हुँदै थिए । तर शुल्क नतिरेको भन्दै विद्यालयले प्रवेशपत्र नदिएपछि कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितोमा राखेर विद्यालयको शुल्क तिरेकी हुन । अब भने पृथीबहादुरले एसइई दिन पाउने भएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ।’ घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न नसकेकी कस्तुराले भनिन, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ ।’
शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन्। तर गाउँमा मान्छे मरेकाले उनले सोचे अनुसार हुन सकेन । अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन्।
मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेकी कस्तुराले भनिन, ‘छोराको खुसी नै मेरो खुसी हो ।’ उनका पति रोजगारीका लागि भारत पुगेका छन्। कस्तुरा पनि दैनिक ज्यालादारीको काम गर्छिन्।
१७ चैत्र २०७९, शुक्रबार १३:१३ प्रकाशित