२६ बैशाख २०८१, बुधबार
मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी चयन
  • काँचुली खबर

१६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा सुमन गिरी श्रेष्ठ, सचिवमा के.पी. घिमिरे, सहसचिवमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्षमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बि।क। जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ ।

हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अम्बिका काफ्लेले बताईन । अध्यक्ष काफ्लेको अनुसार संस्थाले १८ भन्दा बढी बेवारिसे लासको सदगद गर्नुकासाथै न्यून आयस्तर भएका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण, कोभिड महामारीको समयमा माक्स वितरण, नि:शुल्क स्वास्थ्य शिविर लगायतका विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

  • १६ चैत्र २०७९, बिहीबार ०७:४५ प्रकाशित
  • Nabintech