६ चैत्र २०८०, मंगलवार
सोमबार नेप्सेमा २२.६५ अंकको वृद्धि
  • काँचुली खबर

६ चैत, काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । व्यापार उपसूचक सर्वाधिक ४.६६ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक २.२१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएकोमध्ये आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६४ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड २० लाख, सिटिजन्स बैंकको संस्थापक सेयर ५ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको सेयर ४ करोड १४ लाखको कारोबार भएको छ ।

नेप्सेमा सोमबार कुल २१४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । साथै ३३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

सोमबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयरमूल्य ७.७३ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ६.१८ प्रतिशतले वृद्धि भएको छ ।

सपोर्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशतले वृद्धि हुँदा स्वाभिमान लघुवित्तको सेयरमूल्य ४.७२ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।

  • ६ चैत्र २०७९, सोमबार १५:५१ प्रकाशित
  • Nabintech