७ बैशाख २०८१, शुक्रबार
बागेश्वरी र ज्ञानोदय क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
  • काँचुली खबर

६ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस र खजुराको ज्ञानोदय बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको हो ।

बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका देबेन्द्र बहादुर बुढाले ४५४ मत सहित बिजय हासिल गरे । उनका निकटतम प्रतिद्धन्दी नेपाल विद्यार्थी संघकी टिका कुमारी शाहीले २४० तथा अखिल क्रान्तिकारीका लक्ष्मण आचार्यले २२४ मत प्राप्त गरे ।

त्यसैगरी सचिवमा अनेरास्ववियूका महेन्द्र प्रकाश मल्ल बिजयी भएका छन भने कोषाध्यक्षमा सुरेस चँदारा बिजयी भएका छन । त्यसैगरी सदस्यमा सिर्जना मल्ल, तुलाराम भट्टराई, अमिसा बोहोरा र तिर्थ कुमारी ढकाल निर्वाचित भएका छन ।

बागेश्वरीमा कुल ११९२ मतदाता भएको आईतबार भएको स्ववियु निर्वाचनमा ९६० मत खसेको थियो ।

यसैबिच बाँकेकै ज्ञानोदय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका विनयकुमार यादव १०१ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्धन्दी अखिल क्रान्तिकारीका मो। सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुन मगर विजयी भएका छन। यसैगरी सदस्यमा सपना थापा क्षेत्री १११, मो। उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी भएका छन ।

मतदानमा कूल २२२ मत खसेको थियो । जसमध्ये समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् ।

  • ६ चैत्र २०७९, सोमबार ०९:३१ प्रकाशित
  • Nabintech