८ बैशाख २०८१, शनिबार
नर्सिङ्ग क्याम्पस नेपालगञ्जमा अखिल (क्रान्तिकारी) विजयी
  • काँचुली खबर

६ चैत्र, नेपालगन्ज । नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)की दिपिका सोनी निर्वाचित भएकी छन । अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट अध्यक्ष पदमा साझा उम्मेदवारी दिएकी सोनीले ८१ मत प्राप्त गरी विजयी भएकी हुन ।

नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गरिन । यसैगरी सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भइन । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी भएकी छन ।

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको नर्सिङ्ग क्याम्पसमा आइतबार भएको निर्वाचनमा १६१ जना मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो ।

स्ववियु निर्वाचनमा एमाले सम्वद्ध अनेरास्ववियु र नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनबीच प्रतिष्पर्धा भएको हो । सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी बिजयी भएका छन ।

  • ६ चैत्र २०७९, सोमबार ०८:४१ प्रकाशित
  • Nabintech