११ बैशाख २०८१, मंगलवार
सशस्त्र प्रहरीका ५० डीएसपी र १३३ प्रहरी निरिक्षकको काज सरुवा
  • काँचुली खबर

चैत ४, काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र १३३ जना सशस्त्र प्रहरी निरीक्षकको एकसाथ सरुवा गरेको छ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो ।

संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए ।

उनीहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट ९बीओपी० र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको डीआईजी थापाले बताए ।

अवकास नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • ४ चैत्र २०७९, शनिबार १०:५३ प्रकाशित
  • Nabintech