११ बैशाख २०८१, मंगलवार
एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी निर्वाचित
  • काँचुली खबर

१ चैत्र, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले अधिकारीको नेतृत्वमा २१ पदाधिकारीसहित ८३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मान बहादुर पाण्डे निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, सोम प्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । त्यसैगरी अर्थ उपमहासचिवमा गणेशप्रसाद रिजाल र उपमहासचिवहरुमा बलबहादुर कार्की, नारायण अर्याल, झम्क चौलागाईं, दिनेश यादव निर्वाचित भएका छन् ।

यसैगरी सचिवहरुमा गायत्री शर्मा, राम बहादुर खड्का, राजवीर महतो, कुवेर भेटवाल, नवराज शाही र देवीदत्त यादव निर्वाचित भएका छन् । ९९ सदस्यीय कार्यसमितिका बाँकी सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

  • १ चैत्र २०७९, बुधबार २१:०७ प्रकाशित
  • Nabintech