१३ बैशाख २०८१, बिहीबार
कोहलपुर ९ मा १६ सय बढि राष्ट्रिय परिचय पत्रको फारम भरियो
  • पुष्पराज हमाल

२० फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ९ मा १६ सय भन्दा बढिको राष्ट्रिय परिचय पत्र फारम भरिएको छ । माघ २२ गतेदेखि फागुन १९ गतेसम्म १६ सय ८२ जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो ।

कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीका अनुसार वडामा १६ सय ८२ जनाको फारम भरिएको हो । वडाबाट फारम भरिएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र वडाबाट नै वितरण हुने वडा अध्यक्ष योगीले बताए ।

कोहलपुर नगरपालिकामा माघ २२ गतेबाट नै राष्ट्रिय परिचय पत्र फारम भर्ने अभियान सुरु गरेका हुन तर अन्य वडामा अझै कति फारम भरिएको भन्ने बारे जानकारी आएको छैन ।

यसैबिच शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय परिचय पत्रकालागि खटिएका कर्मचारीहरूलाई वडा कार्यालयले बिदाई गरेको वडाध्यक्ष योगीले जानकारी दिए ।

  • २० फाल्गुन २०७९, शनिबार १८:४१ प्रकाशित
  • Nabintech