१५ चैत्र २०८०, बिहीबार
प्रज्ञा प्रतिष्ठानका उपकुलपति र प्राज्ञ सदस्यलाई कोहलपुरमा स्वागत
  • काँचुली खबर

१९ फागुन, कोहलपुर । नेपाल प्रज्ञा प्रतिष्ठानका नव नियुक्त उपकुलपति तथा प्राज्ञहरुलाई कोहलपुर स्वागत एवं बधाई ज्ञापन गरीएको छ । पहिलो पटक बाँके आएका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ त्रैलोक्यमान बनेपाली र बाँकेकै प्राज्ञद्धवय महानन्द ढकाल र शशीराम कार्कीलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले एक कार्यक्रम आयोजना गरेर स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्णिमामा आवद्ध सदस्य तथा साहित्यकारहरुले नव नियुक्त उपकुलपति तथा प्राज्ञहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । सहभागीहरुले नवनिर्वाचित प्राज्ञहरुलाई साहित्यकारको माग, चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नेपाली भाषा र साहित्यको विकासका लागि विशेष जोड दिने बताए । बिगतमा भएका कमिजोरीलाई सच्चाउदैं साहित्यका बिभिद आयाममाथी गहन ढंगले काम गर्ने जिम्मेवारी आफुहरुको काँधमा आएको बताउँदै निभाले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य त्रैलोक्यमान बनेपाली, शशीराम कार्की र महानन्द ढकालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रकाश मरासिनी, पूर्णिमाका उपाध्यक्ष सुमित्रा न्यौपाने, सचिब बद्री ढकाल हिरामणी, सहसचिब हेम प्रकाश मञ्जिल, साहित्यकार सागर गैरे, अञ्जु न्यौपाने, कवि नविन अभिलाषी, चन्द्रावती अधिकारी, एकराज शर्मा, विक्रम चन्द शिशिर, उत्सव काफ्ले, पत्रकार संगिन शर्मा, सरला सुवेदी लगायतको सहभागिता रहेको थियो ।

  • १९ फाल्गुन २०७९, शुक्रबार २२:२३ प्रकाशित
  • Nabintech