१४ बैशाख २०८१, शुक्रबार
१० वर्ष कैद सजाय सुनाईएका फरार प्रतिवादी पक्राउ
  • काँचुली खबर

१९ फागुन, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १७ बस्ने ५९ वर्षका भगवान दिन पासीलाई पक्राउ गरेको हो ।

पासीलाई जिल्ला अदालत बाँकेले २० मंसिर २०७७ मा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकेको थियो । फैसला पछि फरार भएका पासीलाई २ वर्षपछि पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १३:१८ प्रकाशित
  • Nabintech