१३ बैशाख २०८१, बिहीबार
टस जितेर ब्याटिङ गर्दै पीएनजी, नेपाललाई जित्नैपर्ने दवाव
  • काँचुली खबर

१९ कागुन, काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । दुबई क्रिकेट मैदानमा ११ ४५ बजे सुरु हुने खेलमा नेपालले फिल्डिङको निम्तो पाएको हो ।

बिहीबार भएको खेलमा घरेलु टिम यूएईसँग ६८ रनले पराजित भएको नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ । यसै शृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले पराजित गरेको थियो ।

यूएईविरुद्धको हारसँगै नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्ने सम्भावना चुनौतीपूर्ण बनेको छ । बाँकी ६ खेलमा जित निकाले मात्रै नेपालले १२ अंक जोड्दा नामिबियालाई उछिन्ने छ । नेपालको अहिले २८ अंक छ । नामिबियाको ३९ अंक छ ।

स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमानले पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ । नेपालले भोलि पपुवा न्युगिनी ९पीएनजी०सँग र सोमाबर यूएईसँग यो शृंखलाको अन्तिम एकदिवसीय खेल्ने छ ।

मार्च ९ देखि कीर्तिपुरमा नेपालले लिग २ को अन्तिम शृंखलाको आयोजना गर्नेछ । अब एउटा मात्रै खेलमा पराजित भए पनि नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ । यस्तै, एकदिवसीय शृंखला जोगाउन पनि शीर्ष पाँचमा पुग्नुपर्ने दबाब छ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १२:३६ प्रकाशित
  • Nabintech