१५ बैशाख २०८१, शनिबार
खजुरामा दश दिने आधारभूत पत्रकारीता तालिम शुरू
  • काँचुली खबर

१४ फागुन, खजुरा । बाँकेको खजुरामा आइतबारदेखि १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ ।

इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले उद्घाटन गरिन । उद्घाटन गर्दै मन्त्री नमुनाले मिडिया भनेको समाजको ऐना भएको बताउँदै समाजमा हुने सबैखाले बिकृती र बिसङ्गतीहरुको बिरुद्ध सचेत र सभ्य तरिकाले समाजलाई परिवर्तन गर्न सक्ने क्षमता पत्रकारसङ्ग रहेको र सोही क्षमतालाई प्रयोग गर्दै सहि तरिकाबाट सूचना तथा समाचार सर्वसाधारणसम्म पुर्‍याउनु पर्ने बताइन् ।

मन्त्री नमुनाले पछिल्लो समयमा व्यक्तिगत रिसिवीका कारण, व्यक्तिगत दुश्मनीका कारण आफुलाई मन नपरेको व्यक्तिलाई गलत तरिकाले सत्य र तथ्य बिना पत्रकारिताका नाममा खुइल्याउने, चरित्र हत्या गर्ने खालका समाचारहरु आउन लागेको भन्दै त्यसतर्फ सजग हुन र सत्य-तथ्यका आधारमा मात्र सहि समाचार जनतामाझ पत्रकारले ल्याउनु पर्ने बताइन् ।

उनले समाजमा हुने सबै खालका बिकासदेखी ठुला ठुला आन्दोलन सफल हुनुमा मिडियाको उल्लेख्य भुमिका रहेको बताउँदै पत्रकारले देख्न नसक्ने, बोल्न नसक्ने, सुन्न नसक्ने तथा सहारा बिहिनहरुको आबाज बन्नु पर्ने बताइन । पत्रकारीतामार्फत पत्रकारहरु आत्मनिर्भर र उत्पादनमा जोडिनु पर्ने मन्त्री नमुनाले बताइन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले खजुरा क्षेत्रबाट मिडियामा जोडिएका पत्रकारहरू अत्यन्तै कम भएका कारण पत्रकारिता क्षेत्रमा अब्बल उपस्थिति र पहुँच पुराउनका लागि गाउँपालिकाको कार्य योजना अन्तर्गत यो तालिम संचालन गरेको बताए ।

अध्यक्ष बिकले संचार क्षेत्रमा नयाँ प्रबिधिको उच्चतम प्रयोग गर्दै यस क्षेत्रका सबै प्रकारका बिषयहरु उजागार गरेर बाहिर प्रचार प्रसार गर्ने, यस क्षेत्र भित्रका पर्यटकिय स्थल, धार्मिक स्थल, बिकास, लुकेर बसेका ऐतिहासिक परम्परागत स्थलहरु, कृषि, कला संस्कृति लगायतका बिषयलाई सूचनाको पहुँच पुर्‍याएर सर्वसाधारणसम्म समाचार पुर्‍याउने उद्देश्यले स्थानीय रुपमा दक्ष पत्रकार उत्पादन गर्न लागिएको बताए ।

कार्यक्रमलाई खजुरा गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर २ का अध्यक्ष धनराम वली, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खान, नीति तथा परामर्श समिती सदस्य सुशील शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोविन्द आचार्य, प्रमुख प्रक्षिक्षक शंकर प्रसाद खनाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपालका प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य र इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले प्रशिक्षार्थी पत्रकारहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्ट प्रसाद धितालको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्ष सीता वलीले स्वागत गरेकी थिइन् भने प्रेस सेन्टर खजुरा शाखाका सचिब पुरन परियारले कार्यक्रमको संचालन गरेका थिए ।

आयोजकले यो तालिममा खजुरा गाउँपालिका अन्तर्गत रहेका ८ वटा वडाका अध्यक्षहरुसंग समन्वय गरी (प्रत्येक वडाबाट दुई/दुई जनाका दरले) १६ जना प्रशिक्षार्थी पत्रकारहरु लाई सहभागी बनाइएको जानकारी दिएको छ ।

  • १४ फाल्गुन २०७९, आईतवार २१:१३ प्रकाशित
  • Nabintech