२६ बैशाख २०८१, बुधबार
सञ्चार मन्त्री शर्माद्वारा नेपाल टेलिभिजन र गाेरखापत्रकाे निरिक्षण
  • काँचुली खबर

३ फागुन, काेहलपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाँकेकाे काेहलपुरमा रहेकाे नेपाल टेलिभिजन काेहलपुर प्रशारण र गोरखापत्र संस्थान पश्चिम क्षेत्र कार्यालयको मंगलबार स्थलगत निरीक्षण गरेकी छन ।

एक कार्यक्रममा सहभागी हुन मंगलबार बाँके आएकी मन्त्री शर्माले दुबै कार्यालयमा स्थलगत निरिक्षण गर्दै मातहतका कर्मचारीहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन समेत दिएकी छन ।

गोरखापत्र संस्थानकाे निरिक्षण गर्दै उनले गाेरखापत्र नेपालको इतिहास मात्र नभएर नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताईन । गोरखापत्र राष्ट्रको पत्रिका र आवाज भएकाले यसलाई देशको हरेक क्षेत्रका जनतासम्म पुराउन पर्नेमा उनले जोड दिईन ।

उनले गोरखापत्रले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै आफ्नो गरिमालाई जोगाएर अगाडि बढ्नुपर्ने चुनौती रहेकाले सो बहन गर्न सबैले आ-आफ्नो ठाउँबाट आवश्यक योगदान गर्नुपर्ने बताईन ।

कोहलपुर प्रकाशनको शुभारम्भसँगै समग्र पश्चिम नेपालमा पत्रिकाको पहुँच सहज भएकोमा खुशी व्यक्त गर्दै मन्त्री शर्माले अब यसलाई कसरी बढी भन्दा बढी जनताको हातमा पुर्याउने भन्नेतर्फ लाग्नुपर्ने सुझाव समेत दिईन ।

सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पछिल्लो समय गोरखापत्रको आर्थिक प्रगतिसँगै भौतिक र अन्य प्रगति राम्राे भएको बताए । संस्थानलाई सक्षम र सबल बनाउन व्यवस्थापन क्रियाशील भएर लागेको अध्यक्ष सुवेदीले उल्लेख गरे ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानका प्रकाशनहरूले व्यावसायिक प्रतिस्पर्धाका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने र समाज रुपान्तरणको प्रक्रियालाई पनि आत्मसात गरेर जानुपर्ने आवश्यकता औंल्याए ।

निरीक्षणका क्रममा संस्थानको कार्यालय, प्रेस र अन्य उपकरणका बारेमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले मन्त्री शर्मालाई जानकारी गराएका थिए ।

यसैबिच मन्त्री शर्माले नेपाल टेलिभिजन काेहलपुर प्रशारण केन्द्रकाे समेत निरिक्षण गरेकी छन । निरिक्षणका क्रममा काेहलपुर प्रशारण केन्द्रका प्रमुख बिजय बर्माले त्यहाँकाे समस्या तथा अहिलेसम्म भएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।  पछिल्लाे टेक्नाेलाेजिकाे अभावमा अपेक्षित सेवा दिन समस्या देखिएकाे बताउँदै बर्माले काठमाडौं पछिकाे सबैभन्दा ठुलाे प्रशारण केन्द्रका रूपमा रहेकाे काेहलपुर केन्द्रलाई प्रविधियुक्त बनाउन पहल गरिदिन मन्त्री शर्मालाई आग्रह गरेका थिए ।

  • ३ फाल्गुन २०७९, बुधबार ०९:४२ प्रकाशित
  • Nabintech