४ बैशाख २०८१, मंगलवार
जनयुद्ध दिवसकाे अवसरमा काेहलपुरमा दिप प्रज्वलन
  • काँचुली खबर

२ फागुन, काेहलपुर । जनयुद्ध दिवसकाे अवसरमा काेहलपुरमा दिप प्रज्वलन गरीएकाे छ । अखिल क्रान्तिकारी काेहलपुर नगर कमिटी र अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पस कमिटीद्वारा संयुक्तरूपमा साेमबार बेलुका काेहलपुरकाे न्युराेड चाेकमा दिप प्रज्वलन गरीएकाे हाे ।

कार्यक्रमका सहभागीहरूले जनयुद्धमा जीवन गुमाएका सहिदहरूकाे सम्झनामा दिप प्रज्वलन गरेर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । सरकारले जनयुद्ध दिवसकाे अवसरमा साेमबार राष्ट्रिय बिदा दिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्ठले जनयुद्धको बलबाट गणतन्त्र प्राप्त भएकाे भन्दै जनताकाे बलिदानबाट प्राप्त भएकाे उपलब्धिकाे रक्षा गर्न सबै एक हुनुपर्ने बताए । उनले जनयुद्धकाे अवमूल्यन हुने गरि बेलाबखत विभिन्न खालका टिप्पणी हुने गरेकाले त्यसकाे शसक्त प्रतिवाद गर्न समेत आह्वान गरे ।

अखिल क्रान्तिकारी काेहलपुर नगर कमिटीका अध्यक्ष लक्ष्मण मानबकाे सभापतित्वमा आयाेजना गरीएकाे कार्यक्रममा वाईसीएल नेपाल, अखिल क्रान्तिकारी र नेकपा (माओवादि केन्द्र) नेता कार्यकर्ताकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

  • २ फाल्गुन २०७९, मंगलवार ०८:५० प्रकाशित
  • Nabintech