१३ बैशाख २०८१, बिहीबार
अमृता प्रीतमका छानिएका कवितामाथि नेपालगन्जमा विमर्श
  • काँचुली खबर

२८ माघ, नेपालगन्ज । नेपालगन्जमा रिमा केसीद्वारा अनुदित कृति ‘अमृता प्रीतमका छानिएका कविता’माथि विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा महेन्द्र पुस्कालयमा भएको ‘विमर्श-विन्दु’ कार्यक्रममा भारतीय चर्चित कवि अमृता प्रितमका उत्कृष्ट कविताको नेपाली भाषामा भएको अनुवादबारे गम्भीर विमर्श भएको हो ।

कार्यक्रममा कवि डा. निरज भट्टराई, साहित्यका शिक्षक लेकप्रसाद प्याकुरेल, साहित्यिक अध्येता डम्मर विसी र शिक्षक छत्रपति सिंहले अनुवाद कृति पढिसकेपछिको अनूभूति साटेका थिए । त्यसक्रममा उनीहरुले अनुवादित कृतिमाथि मिश्रीत प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बोल्दै कवि डा. भट्टराईले अमृता प्रीतमजस्तो सिद्धहस्त कविका बविता अनुवाद गर्न चुनौतिपूर्ण काम रहेको बताउँदै रिमाले तारिफयोग्य काम गरेको बताए । केसीले आफ्नो अनुवादको पहिलो प्रयासस्वरुप कृति प्रकाशित गरेको बताएकी थिइन् । उनले प्रीतमका कविता आफूलाई मन पर्ने भएर र सबै नेपाली पाठकमाझ उनका कविता पुग्नुपर्छ भन्ने लागेर अनुवाद गरेको बताइन् ।

साहित्यिक अध्येता विसीले अमृता प्रीतमका कविताको असली स्वाद अनुवादमा आउन नसकेको भन्दै खरो प्रतिक्रिया जनाएका थिए । साहित्यका शिक्षक प्याकुरेलले कविताको अनुवादजस्तो जटिल काम गर्ने आँट गरेकोमा केसीको तारिफ गर्दै पुस्तकका गुण र दोषमा टिप्पणी गरेका थिए । शिक्षक सिंहले आफूले अमृता प्रीतमलाई अनुवाद कृति आइसकेपछि मात्रै पढेको भन्दै खुसी व्यक्त गरे ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सन्चालित कार्यक्रममा साहित्यकार सनत रेग्मी, शशीराम कार्की, खगेन्द्र गिरी कोपिला, भोजराज शर्मा नादिर, पंकज श्रेष्ठलगायतले पनि बोलेका थिए । ‘अमृता प्रीतमका छानिएका कविता’ पुस्तकलाई इंडिगो इंकले बजारमा ल्याएको हो

  • २९ माघ २०७९, आईतवार ००:०२ प्रकाशित
  • Nabintech