१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर दुर्घटनामा ज्यान गुमाएका घर्तीको पहिचान खुल्यो
  • पुष्पराज हमाल

२१ माघ, कोहलपुर । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सडक दुर्घटनाका मृतक कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगर निवासी जय प्रकाश घर्ती रहेका छन ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको थियो । पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घर्तिको शरीर क्षतविक्षत भएकाले तत्काल पहिचान हुन सकेको थिएन । प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सडक दुर्घटना हुँदा कोहलपुरमा एक जनाको मृत्यु

  • २१ माघ २०७९, शनिबार ०८:५५ प्रकाशित
  • Nabintech