२६ बैशाख २०८१, बुधबार
सडक दुर्घटना हुँदा कोहलपुरमा एक जनाको मृत्यु
  • काँचुली खबर

२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रक र पूर्व आउँदै गरेको भे ७ प ८४३१ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकको शरीर क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको हो । अहिले घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • २० माघ २०७९, शुक्रबार २२:२२ प्रकाशित
  • Nabintech